Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कांग्रेसले भन्यो– प्रधानमन्त्री उपस्थित नभए संसद्‌मा विरोध जारी रहन्छ


546
Shares

कांग्रेसले भन्यो– प्रधानमन्त्री उपस्थित नभए संसद्‌मा विरोध जारी रहन्छ

 

काठमाडौं, ३१ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाह उपस्थित नभए संसद्मा विरोध जारी रहने बताउनुभएको छ ।

पार्टीका सचेतक निश्कल राईले प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने र नभए विरोध जारी रहने बताउनुभएको हो ।

सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई संसद्‌मा उपस्थित गराउन भूमिका खेल्नुपर्ने बताउँदै उहाँले यस्तो बताउनुभएको हो ।

‘फेरि पनि आग्रह गर्छु, तपाईं हाम्रो अभिभावक हो । संसद्को संरक्षक हो । यस विषयमा हजुर गम्भीर बन्नुपर्छ,’ राईले भन्नुभयो, ‘यदी प्रधानमन्त्रीज्यू उपस्थित हुनुभएन भने हाम्रो विरोध जारी रहनेछ ।’ उहाँले प्रधानमन्त्री संसद्मा उपस्थित नहुनु उदासिनता होइन र ? भन्दै प्रश्न गर्नुभयो ।

‘आज परिस्थिति यस्तो बनेको छ कि यो गुरुकुल र विश्वविद्यालयलाई बंक गर्न थाल्नुभएको छ । सदनजस्तो गरिमामय संस्थालाई बेवास्ता गर्नु दुखद मात्रै होइन संसदीय व्यवस्थाप्रतिको उदासिनता होइन र ?,’ राईले प्रश्न गर्नुभयो, ‘अझ दुखको कुरा सत्तापक्षका सदस्यहरू यसलाई सामान्य बनाउने प्रयत्न गरिरहनुभएको छ ।’

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology