Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

घुस लिएको अभियोगमा विद्युत प्राधिकरणका प्रमुखविरुद्ध मुद्दा दायर


546
Shares

घुस लिएको अभियोगमा विद्युत प्राधिकरणका प्रमुखविरुद्ध मुद्दा दायर

काठमाडौँ, २८ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण, कञ्चनपुर वितरण केन्द्र सप्तरीका प्रमुख महेन्द्र कुमार दासविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

चार्जिङ स्टेसनको ट्रान्सफर्मर राखी विद्युत लाइन जडान गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि आयोगले आज मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार वितरण केन्द्रका प्रमुख दासले चार्जिङ स्टेसन सञ्चालनका लागि विद्युत लाइन छाडिदिन बार्गेनिङ गरिरहेको र घुस नदिए लाइन काटिदिने धम्की दिएको उजुरी परेको थियो ।

सोही सूचनाका आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले उहाँलाई सेवाग्राहीबाट एक लाख ४० हजार रुपियाँ घुस लिइसकेको अवस्थामा रकमसहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानका क्रममा दासले नियमानुसार सम्पन्न भइसकेको कार्यका लागि घुस मागेको र रकम लिएको तथ्य स्थापित भएको अख्तियारले जनाएको छ ।

उहाँलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिमको कसुरमा एक लाख ४० हजार रुपियाँ बिगो कायम गरिएको छ । अख्तियारले बिगोबमोजिम जरिवाना र कैद सजायको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology