Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

ड्रोन आक्रमणका कारण रुसका १३ विमानस्थल ठप्प


399
Shares

ड्रोन आक्रमणका कारण रुसका १३ विमानस्थल ठप्प

 

मोस्को, २५ बैशाख । दक्षिणी रुसको एयर नेभिगेसन शाखाको प्रशासनिक भवनमा युक्रेनी ड्रोन आक्रमण हुँदा दक्षिणी रुसका १३ वटा विमानस्थल अवरुद्ध भएका छन् । सो जानकारी रुसी यातायात मन्त्रालयले शुक्रबार दिएको हो ।

दक्षिणी रुसभरिको हवाई ट्राफिक व्यवस्थापन गर्ने रोस्तोभ(अन(डनस्थित क्षेत्रीय हवाई ट्राफिक नियन्त्रण केन्द्रमा आक्रमणपछि अस्थायीरूपमा समायोजन गरिएको मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ूसेवामा रहेका सबै कर्मचारी सुरक्षित छन् र विशेषज्ञहरूले उपकरणको सञ्चालन स्थिति मूल्याङ्कन गरिरहेका छन् ।ू

मन्त्रालय र सङ्घीय हवाई यातायात एजेन्सीले उडान तालिकाहरू परिमार्जन गर्न र क्षेत्रमा हवाई ट्राफिक व्यवस्थापन प्रक्रियाहरू परिमार्जन गर्न एयरलाइन्स र विमानस्थलहरूसँग समन्वय गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology