काठमाडौं, २४ वैशाख । नेपाल धितोपत्र बोर्ड सेबोन अध्यक्ष नियुक्ति सिफारिस समितिको संयोजकबाट डा.गुणाकर भट्टले राजीनामा दिनुभएको छ ।
भट्टका नातेदारहरूको पनि बोर्ड अध्यक्षका लागि आवेदन परेपछि स्वार्थको द्वन्द्व हुन सक्ने भन्दै राजीनामा दिनुभएको हो । सरकारले धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोग उपाध्यक्ष भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो ।
समितिले आवेदन लिनेसम्मको काम गरेको छ । बाँकी प्रक्रिया पूरा गरी अध्यक्षको उम्मेदवार छनोट सिफारिस गर्ने कामका लागि अर्को व्यक्तिलाई संयोजक नियुक्त गर्ने छ ।