Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

उत्तरी गोरखाको मनास्लु हिमाल आरोहणको गौरवगाथा : ७० वर्ष पुगेको अवसरमा महोत्सव हुने


1.1K
Shares

उत्तरी गोरखाको मनास्लु हिमाल आरोहणको गौरवगाथा : ७० वर्ष पुगेको अवसरमा महोत्सव हुने

गोरखा, १८ बैशाख । उत्तरी गोरखामा रहेको मनास्लु हिमाल आरोहणको ७० औं बर्ष पूरा गरेको अवसरमा ‘हिरक महोत्सव’ मनाउने तयारी गरिएको छ ।

मुल आयोजक चुमनुब्री गाउँपालिका हरेको महोत्सवमा नेपाल पर्वतारोहण संघ, नेपाल पर्यटन बोर्ड, मनास्लु संरक्षण क्षेत्र आयोजना, टान, लोटस फिट अफ मनास्लु हेरीटेज, नामरुङ ऐतिहासिक संग्रालय, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा गोरखा नगरपालिका सह–आयोजक रहेको चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो।

पत्रकार सम्मेलनमा मनास्लु हिमालको काखमा रहेको सामागाउँमा यही बैशाख २६ र २७ गते २ दिन महोत्सवको आयोजना गर्न लागीएको लामाले बताउनुभयो ।

विश्वको ८औं तथा नेपालको ७औं अग्लो उक्त हिमाल जापानी नागरिक तोशियो इमानिशी र नेपाली नागरिक उर्केन छिरिङ शेर्पा चढेको ७० बर्ष पूरा गरेको अवसरमा हिरक महोत्सवको आयोजना गरिएको हो ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र राज पाण्डेको प्रमुख आतिथ्यतामा हुने अध्यक्ष लामाले बताउनुभयो । उहाँका अनुसार उक्त अवसरमा जापानी आरोही इमानिशी र शेर्पाका परिवारलाई सम्मान कार्यक्रम राखिएको छ ।

कार्यक्रममा नेपाल स्थित जापानको राजदुत माइदा तोरुका साथै जापानिज अल्पाइन क्लबका अध्यक्षको समेत सहभागिता रहने छ ।

सामागाउँमा २ दिनसम्म विविध कार्यक्रम हुने र बैशाख २७ गते पोखरामा रहेको अन्तराष्ट्रिय पर्वतीय संग्रालय परिषर भित्र निर्माण गरिएको मनास्लु हिमालको थ्रिडी मोडलको उद्घाटन हुनुका साथै सोही दिन सन १९५६ मा मनास्लु हिमाल आरोहण गर्दाका तस्बिरहरुका साथै बृत्त चित्रको प्रर्दशनीको समेत हुने छ ।

जिल्ला प्रशासन कार्यालयमा भएको पत्रकार सम्मेलनमा जिल्ला समन्वय प्रमुख मोहन बहादुर थापा मगर, प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ, मनास्लु संरक्षण क्षेत्र आयोजना प्रमुख अनिल प्रसाई, जिग्मे लामा, पर्यटक ब्यवसायी लाक्पा ढुन्डुप लामा तथा गोरखा नगरपालिका प्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology