Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

मन्त्री बन्न नपाएको झोकमा गण्डकीका कांग्रेस सांसद कुँवरले दिए राजीनामा


735
Shares

मन्त्री बन्न नपाएको झोकमा गण्डकीका कांग्रेस सांसद कुँवरले दिए राजीनामा

काठमाडौं, २ वैशाख । नेपाली कांग्रेस गण्डकी प्रदेश सभा सदस्य दोर्णकुमार कुँवरले राजीनामा दिनुभएको छ । आजको मितिदेखि लागु हुने गरी कुँवरले प्रदेश सभा सदस्यबाट राजीनामा दिनुभएको हो ।

गण्डकीमा आज मन्त्रिमण्डल पुनर्गठन गरिएको छ । पुनर्गठित मन्त्रिमण्डलमा उहाँ मन्त्री हुन चाहनुहुन्थ्यो । तर मन्त्री बन्न नपाएको झोकमा उहाँले राजीनामा दिनुभएको हो ।

‘मलाई विश्वास भरोसा दिलाइ जिम्मेवारी सहित मतादेश र जनादेश दिनु भएका आममतदाता, शुभचिन्तक शुभेच्छुक जनमा कोटीको ६ नमनसहित कृतज्ञता व्यक्त गर्दछु । आम नागरिकको विश्वास भरोसालाई पूर्ण कार्यकाल सम्पन्न गर्न नसकेकोमा क्षमा प्रार्थी छु,’ कुँवरले दिएको राजीनामा पत्रमा उल्लेख छ ।
आफू कुनै सार्वजनिक पदमा नरहेता पनि जनताको सेवामा कुनै कमी हुन नदिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

‘यस कार्यकालमा मलाई अवसर दिनु भएकोमा दलका नेता, प्रदेश सभा सदस्य, समिति, राष्ट्र सेवक करम्चारी र मेरो पार्टी नेपाली कांग्रेस लगायत मिडिया सबै जनमा कोटीकोटी नमन व्यक्त गर्दछु । गण्डकी प्रदेश सभा र गण्डकी प्रदेश सरकारको पूर्ण कार्यकालको शुभकामना व्यक्त गर्दछु,’ राजीनामा पत्रमा कुँवरले लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology