Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

मर्स्याङ्दी ड्याममा एक जना बेपत्ता, खोजीकार्य जारी


777
Shares

मर्स्याङ्दी ड्याममा एक जना बेपत्ता, खोजीकार्य जारी

दमौली तनहुँ, १ वैशाख । तनहुँको आँबुखैरनी गाउँपालिका–१ बरादीस्थित अकला मन्दिर नजिक मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरुष बेपत्ता भएका छन् ।

स्थानीय टिका मगर ढल्के भनेर चिनिने ती पुरुष नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घटनापछि सशस्त्र प्रहरी बल नेपालको टोली तत्कालै खोजीकार्यमा खटिएको छ । भानुस्थित सशस्त्र प्रहरीको टोलीले आज पनि निरन्तर खोजीकार्य गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार हालसम्म बेपत्ता व्यक्ति फेला परेका छैनन् । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology