Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखामा ‘तेस्रो रैथाने खाना महोत्सव २०८२’ आजबाट सुरु


1.5K
Shares

गोरखामा ‘तेस्रो रैथाने खाना महोत्सव २०८२’ आजबाट सुरु

गोरखा, ३० चैत । नेपाली नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा गोरखामा ‘तेस्रो रैथाने खाना महोत्सव २०८२’ आजबाट सुरु भएको छ । गोरखा होटल व्यवसायी संघको आयोजनामा सञ्चालित उक्त महोत्सव गोरखा नगरपालिकाको प्रवद्र्धनमा सञ्चालनमा आएको हो ।

महोत्सव आजबाट सुरु भई बैशाख १ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवको उद्घाटन गोरखा नगरपालिकाका नगरप्रमुख कुष्ण बहादु राना मगरले गर्नुभएको हो ।

उद्घाटन समारोह झाँकीरहित र्यालीका साथ सुरु गरिएको थियो, जसले गोरखा बजारको परिक्रमा गरी महोत्सव स्थल रानी पोखरीमा पुगेर औपचारिक कार्यक्रमको थालनी गरेको थियो ।

गोरखा होटल व्यवसायी संघका महासचिव सुमन श्रेष्ठका अनुसार, महोत्सवको उद्देश्य नेपाली नयाँ वर्षको अवसरमा गोरखामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि गर्नु हो ।

पोखरा जस्तै गोरखालाई पनि नयाँ वर्ष मनाउने गन्तव्यस्थल बनाउने लक्ष्यका साथ महोत्सव आयोजना गरिएको उहाँले बताउनुभयो । महोत्सवमा गोरखाका विभिन्न जातजातिका रैथाने खानाको प्रस्तुति, तिनीहरूको धर्म, भेषभूषा र सांस्कृतिक पहिचान झल्काउने कार्यक्रमहरू समावेश गरिएका छन् ।

२ दिनसम्म हुने महोत्सव सञ्चालनमा करिब ३० लाख बराबरको कारोबार हुने आयोजकले अनुमान गरेको छ । गोरखा होटल संघले यसअघि २०८० र ०८१ सालमा सडक खाना महोत्सवको आयोजना गरेको थियो ।

यस वर्षको महोत्सवले गोरखाको संस्कृति, एकता र विरताको पहिचानलाई उजागर गर्दै आन्तरिक पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology