Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

‘घरदैलोमा सरकार भएको अनुभूति नागरिकले गर्नुपर्छ’ : राष्ट्रपति पौडेल


1.1K
Shares

‘घरदैलोमा सरकार भएको अनुभूति नागरिकले गर्नुपर्छ’ : राष्ट्रपति पौडेल

काठमाडौँ, २७ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकले घरदैलोमा सरकार भएको अनुभूति गर्नेगरी काम गर्न अनुरोध गर्नुभएको छ । शुक्रबार संघीय संसद्‍को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सम्बोधन गर्दै भन्नुभयो, ‘भ्रष्टाचार नियन्त्रण गरी सुशासनको प्रत्याभूत गर्न तथा आम नागरिकमा राज्यको अनुभूति दिलाउन सार्वजनिक सेवा प्रवाह चुस्त–दुरुस्त हुनुपर्दछ ।

सरकारी संयन्त्रको सेवाप्रवाहमा हुने ढिलासुस्ती र अनियमितता हटाएर नागरिकले घरदैलोमै सरकार छ भन्ने अनुभूति गर्न सक्ने गरी सेवाप्रवाहको व्यवस्था मिलाउन सरकारले कुनै कसर बाँकी राख्ने छैन भन्ने पनि मेरो विश्वास छ ।’

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनपछि राष्ट्रपति पौडेलले नवनिर्वाचित सांसदलाई पहिलो पटक सम्बोधन गर्नुभएको हो । शुक्रबार सिंहदरबारस्थित संघीय संसद्‍ बैठकको कक्षमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology