Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

रिहाइका लागि आवाज उठाउनेप्रति अध्यक्ष ओलीले दिनुभयो धन्यवाद


889
Shares

रिहाइका लागि आवाज उठाउनेप्रति अध्यक्ष ओलीले दिनुभयो धन्यवाद

काठमाडौँ, २६ चैत । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो रिहाइका लागि आवाज उठाउने सबैप्रति आभार व्यक्त गर्नुभएको छ । १३ दिन लामो हिरासतबाट छुटे लगत्तै सामाजिक सञ्जालमार्फत उहाँले आभार प्रकट गर्नुभएको हो ।

उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु। मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरू, कानुनी लडाइँमा अहोरात्र साथ दिनुहुने कानुन व्यवसायी मित्रहरू, न्यायकर्मीहरू, न्यायको पक्षमा वकालत गर्ने विभिन्न राजनीतिक दल, नेताहरू र सञ्चारकर्मीहरूप्रति आभार प्रकट गर्दछु। साथै, परमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दछु।’

सर्वोच्च अदालतको आदेशसँगै प्रहरी नियन्त्रणबाट मुक्त भएपछि बिहीबार ओलीले सरकारले पूर्वाग्रह र प्रतिशोधका आधारमा आफूलाई नियन्त्रणमा राखेको दाबी गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ूपरमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति म उच्च सम्मान व्यक्त गर्दछु ।

आफ्नो रिहाइका लागि आवाज उठाउने न्यायप्रेमी जनसमुदाय, कानुनी लडाइँमा साथ दिने कानुन व्यवसायी, न्यायकर्मी, विभिन्न राजनीतिक दलका नेता तथा सञ्चारकर्मीप्रति उहाँले आभार प्रकट गर्नुभएको हो । हिरासतमा रहँदा मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन र स्वास्थ्योपचारमा संलग्न त्रिवि शिक्षण अस्पताल परिवारलाई समेत उहाँले धन्यवाद दिनुभएको छ ।

आफ्नो रिहाइको माग गर्दै प्रदर्शन गर्ने क्रममा घाइते भएका कार्यकर्ताको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अध्यक्ष ओलीले उनीहरूको उपचार खर्च राज्यले बेहोर्नुपर्ने माग गर्नुभएको छ । राज्य यस विषयमा उदासीन भएमा पार्टीले नै उपचार खर्च बेहोर्ने जानकारी गराउन चाहन्छु,ू वक्तव्यमा उल्लेख छ ।

प्रतिकूल स्वास्थ्य अवस्थाका कारण अध्यक्ष ओली केही दिन अस्पतालमै रहेर थप उपचार गराउनुहुने भएको छ । यस कठिन घडीमा सद्भाव र शुभेच्छा प्रकट गर्ने पार्टीका नेता, कार्यकर्ता तथा समस्त शुभचिन्तकमा उहाँले धन्यवाद ज्ञापन गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology