Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कालिकोटमा एम्बुलेन्स दुर्घटनाग्रस्त, दुईजनाको मृत्यु


840
Shares

कालिकोटमा एम्बुलेन्स दुर्घटनाग्रस्त, दुईजनाको मृत्यु

सुर्खेत २५ चैत । जुम्लाको हिमा गाउँपालिकाबाट सुर्खेत जाँदै गरेको एम्बुलेन्स कालिकोटको खाँडाचक्र नगरपालिकाको मेयर खोलानजिक दुर्घटनामा परेको छ । दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।

मृतक तथा घाइतेहरूको पहिचान खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार, प्रतिकूल मौसमका कारण उद्धार कार्यमा कठिनाइ भएको थियो । घाइतेहरूलाई अहिले कालिकोट जिल्ला अस्पतालमा उपचारका लागि लगिएको छ । दुर्घटनाबारे जिल्ला प्रहरी कार्यालय कालिकोटले अनुसन्धान गरिरहेको जनाएको छ । दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा जुम्ला हिमा गाउँपालिकाका एम्बुलेन्स चालक २६ वर्षीय शक्ति शाही र सोही पालिकाका ३२ वर्षीय भीमराज अधिकारी छन् । घाइते हुनेमा हिमा गाउँपालिकाका लोकेन्द्र शाही र अक्कल अधिकारी रहेका छन् । फाइल फोटो

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology