गोेरखा, २६ चैत । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा गोरखाबाट उमेद्वार बनेका सवै उमेद्वारले निर्वाचन खर्च विवरण बुझाएका छन् । प्रतिनिधिसभाको दुई वटा निर्वाचन क्षेत्र रहेको गोरखाबाट निर्वाचन लडेका उमेद्वारहरुले शुन्य खर्च विवरणदेखि ३१ लाखभन्दा बढीसम्मको खर्च वितरण कार्यालयमा बुझाएका जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पार्टीले नै खर्च गरेका उम्मेदवारका हकमा शुन्य खर्च विवरण पेश गरेका छन् भने उम्मेदवार आफैले गरेको खर्च भने ३१ लाखभन्दा बढी खर्च भएको विवरण प्राप्त भएको हो । कार्यालयले उपलब्ध गराएको विवरण अनुसार नेपाल मजदुर किसान पार्टीका मनकुमारी श्रेष्ठ र हरीशरण बुढाथोकीले शुन्य खर्च पेश गरेका हुन् ।
पार्टीवाहेक उम्मेदवारहरुले गरेको खर्च विवरण अनुसार नेपाली काँग्रेसका क्षेत्र नम्बर १ का उम्मेदवार प्रेमकुमार खत्रीले ३१ लाख २७ हजार ८८५ रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन् भने क्षेत्र नम्बर २ का उम्मेदवार प्रकाश चन्द्र दवाडीले २२ लाख ५५ हजार ७२५ रुपैयाँ खर्च गरेको विवरण पेश गरेका छन् ।
निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणाली अन्तरर्गत निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिन भित्र उम्मेदवारहरुले खर्च विवरण पेश गर्न भनेको थियो । सोही बमोजिम गोरखाका सबै उम्मेदवाहरुले समय सिमा भित्रै निर्वाचन खर्च विवरण पेश गरेका हुन् ।
गोरखामा कुन उमेद्वारले कति खर्च गरेँ यो हेरौँ
१. मिलन गुरुङ रु १३ लाख ७७ हजार ८९०
२. प्रकाशचन्द्र दवाडी रु २२ लाख ५५ हजार ७२५
३. जितबहादुर घले रु ३ लाख ५५ हजार
४. बलाराम तामाङ रु २ लाख १९ हजार २०
५ चुडाप्रसाद ढकाल रु ५७ हजार
६. कुल बहादुर बस्नेत रु १ लाख ४९ हजार ९५०
७.हरिराज अधिकारी रु २३ लाख २१ हजार
८.रामकाजी राना मगर रु १० लाख ४० हजार
९.देव बहादुर थापा रु २ लाख ९८ हजार ८८०
१०.प्रेम कुमार खत्री रु ३१ लाख २७ हजार ८८५
११. रामचन्द्र लामिछाने रु १५ लाख ८० हजार
१२. केदारमणी खनाल रु ७ लाख १५ हजार
१३. लेखनाथ न्यौपाने रु २४ लाख ५ हजार २८०
१४. सुधन गुरुङ रु २१ लाख ८६ हजार ६६८
१५. विष्णुप्रसाद रिजाल २ लाख ६७ हजार ९९०
१६. टेकबहादुर प्रधान रु ३ लाख ६६ हजार ५००
१७. सोम बहादुर गुरुङ रु १ लाख १ हजार
१८. कबिता भट्टराई रु १ लाख ५० हजार
१९.आकाश राना मगर रु ४१ हजार ४००
२०. प्रसाद गुरुङ रु ३३ हजार ४००
२१. मन कुमारी श्रेष्ठ (शुन्य खर्च)
२२. कल्पना कुमाल रु ६२ हजार ५००
२३. कबिन्द्र बुर्लाकोटी रु २१ लाख १९ हजार ५३३
२४ .हरिशरण बुढाथोकी (शुन्य खर्च)
२५. हरि पोखरेल रु २ लाख ३५ हजार