Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

मदिरा पिएर सडकमा निस्किएका नौ चालक कारबाहीमा


1.8K
Shares

मदिरा पिएर सडकमा निस्किएका नौ चालक कारबाहीमा

काठमाडौँ, २१ चैत । मदिरा पिएर सडकमा सवारी साधन हुँइक्याइरहेका नौ जना चालक कारबाहीमा परेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले आज बिहान यहाँका विभिन्न स्थानमा गरेको आकस्मिक परीक्षणका क्रममा उनीहरू पक्राउ परेका हुन् ।

उक्त कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार सार्वजनिक यातायातका सवारी साधनका चालक पक्राउ परेका हुन् । उहाँले रासससँग भन्नुभयो, “हामीले आज बिहान उपत्यकाका विभिन्न स्थानमा विशेष अभियानअन्तर्गत सप्राइज चेकिङ गरेका थियौँ ।

सार्वजनिक यातायातका साधनका नौ जना चालकलाई मादक पदार्थ सेवन गरेको सवारी हाँकेको अभियोगमा नियन्त्रणमा लिएका छौँ ।”
छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology