Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

आबुधाबीमा मिसाइल र ड्रोनको अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर


1K
Shares

आबुधाबीमा मिसाइल र ड्रोनको अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर

एजेन्सी, २१ चैत । संयुक्त अरब इमिरेट्स युएईको राजधानी आबुधाबीमा मिसाइल र ड्रोनको अवशेष खस्दा ७ नेपाली घाइते भएका छन्।

अमेरिका र इसराइलले इरानमा हमला गरेपछि इरानले खाडी मुलुकमा रहेको अमेरिकी सैन्य अड्डाहरूलाई लक्ष्य गरेर ड्रोन र मिसाइल हमला गर्दै आइरहेको छ।

शुक्रबार आबुधाबीको अज्बान क्षेत्रमा भएको मिसाइल र ड्रोनलाई त्यहाँको हवाई प्रतिरक्षा प्रणालीले आकाशमै नष्ट गरे पनि त्यसको अवशेष खस्दा १२ जना घाइते भएको गल्फ न्युजले जनाएको छ।

घटनामा ७ जना नेपाली र ६ जना भारतीय नागरिक रहेका छन् । ७ नेपालीमध्ये एक जनाको अवस्था गम्भीर रहेको पनि युएईको रक्षा मन्त्रालयलाई उद्धृत गरेर गल्फ न्युजले लेखेको छ। घाइतेहरुको परिचय खुलाइएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology