Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखा सहकारीमा ४ अर्ब १२ करोड अपचलन, गैरसदस्यका नाममा ७८ करोड हिनामिना


1.4K
Shares

गोरखा सहकारीमा ४ अर्ब १२ करोड अपचलन, गैरसदस्यका नाममा ७८ करोड हिनामिना

काठमाडौं,२१ चैत । गोरखा बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकले ४ अर्ब १२ करोड रुपैयाँ हिनामिना गरेको पाइएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार सञ्चालकहरू तेजबहादुर तामाङ, डीबी बम्जन लगायतले उक्त रकम अपचलन गरेका हुन् ।

जेनजी आन्दोलनपछि नयाँ जनादेशबाट बनेको बालेन्द्र साह नेतृत्व सरकारले शुक्रबार गोरखा सहकारीसँग सम्बन्धित ४ जनालाई सहकारी ठगीमा पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सहकारी अध्यक्ष ६१ वर्षीय इमानसिंह राई, प्रमुख कार्यकारी अधिकृत ९सीईओ० लालबहादुर क्षेत्री तथा अविनकुमार राई र पूर्वलेखा सदस्य कर्णबहादुर राई छन् ।

तत्कालीन गोरखा डेभलमेन्ट बैंक घोटाला प्रकरण प्रमुख डम्बरबहादुर डीबी बम्जन पनि सोही सहकारीमा संलग्न छन् । बैंकमा समस्या आउँदा बम्जन अध्यक्ष थिए । गोरखा सहकारी पनि उनको परिवारको मिलेमतोमा संकटग्रस्त भएको हो ।

बचतकर्ताबाट उठाएको ४ अर्ब १२ करोड २ लाख रुपैयाँ बचत रहेको समितिको कार्यालयले जनाएको छ । संस्थाको पछिल्लो विवरण अनुसार संस्थाको कर्जा लगानी १ खर्ब ५२ करोड ४० लाख रुपैयाँ छ ।

संस्थाको कुल बचत ब्याजसहित ४ अर्ब १४ करोड १३ लाख छ । त्यसैगरी कुल कर्जा ब्याज र हर्जाना सहित ४ अर्ब ४६ करोड ४० लाख रुपैयाँ रहेको समितिको कार्यालयले जनाएको छ ।

सञ्चालक र उनका परिवारले सहकारीबाट लिएको ऋण वर्षौंसम्म नगर्दा संस्था समस्यामा परेको हो । डीबी बम्जन र सहकारीको सेयर सदस्य समेत नरहेका उनका दाइ तेजबहादुर बम्जनले लिएको रकम वर्षौंदेखि नतिर्दा सहकारी समस्यामा देखिएको हो ।

सिभिल सहकारी ठगीमा थुनामा रहेका इच्छाराज तामाङ संस्थापक अध्यक्ष रहेको गोरखा सहकारीमा उनी पछिका डीबी बम्जन अध्यक्ष भएका थिए ।

समितिको प्रतिवेदन अनुसार तेजबहादुरको ७८ करोड १५ लाख रुपैयाँ कर्जा भुक्तानी गर्नुपर्ने देखिन्छ । उनी संस्थाका गैरसदस्य हुन् । उनको नाममा डीबीले कर्जा लिएका हुन् । यस्तै डीबी आफैंले लिएको ऋणको साँवा तथा ब्याज जरिबाना समेत ५६ करोड ४० लाख रुपैयाँ बक्यौता छ । डीबीकी श्रीमती कुमारी तामाङले लिएको ३ करोड १४ लाख ऋण भुक्तानी भएको छैन ।

संस्थाका वर्तमान र पूर्व पदाधिकारी तथा तिनका आफन्तले ७० प्रतिशतभन्दा धेरै ऋण तिरेका छैनन् । अन्य साधारण सेयर सदस्यले लिएको ऋणको हिस्सा सानो छ । उक्त ऋण उठाउन सकिए पनि वर्तमान र पूर्व पदाधिकारीले ऋण भुक्तानी नगर्दासम्म बचतकर्ताको रकम फिर्ता गर्न सक्ने हुने देखिँदैन ।

गोरखा सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ ब्रिटिस गोर्खा ग्रुपद्वारा प्रवर्द्धित संस्था रहेको भन्दै सुरुमा प्रचारप्रसार हुँदै आएको थियो । सोही ग्रुपले सञ्चालमा ल्याएको सिभिल सहकारी यसअघि नै समस्याग्रस्त भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology