Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखामा तेस्रो रैथाने खाना तथा सडक महोत्सव हुदै


1.1K
Shares

गोरखामा तेस्रो रैथाने खाना तथा सडक महोत्सव हुदै

गोरखा, १९ चैत । गोरखामा नयाँ बर्षको अवसर पारेर तेस्रो रैथाने खाना तथा सडक महोत्सव हुने भएको छ । गोरखा होटल संघको आयोजनामा यही चैत ३० गतेदेखी ०८३ साल बैशाख १ गतेसम्म महोत्सव हुन लागेको संघका महासचिव सुमन श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लाको ऐतिहासिक, धार्मिक, साँस्कृतिक साथै पर्यटन विकासमा टेवा पुर्याउने र गोरखाको स्थानिय उत्पादनको ब्यापार प्रवद्र्वन गर्न महोत्सवको आयोजना गरीएको उहाँले बताउनुभयो ।

यो महोत्सव रैथाने खाना तथा सडक महोत्सवको तेस्रो संकरण हो । यस अघि संघले २ पटकसम्म महोत्सवको आयोजना गरिसकेको छ । गोरखा बजारको रानी पोखरी परिषर तथा ठूलो आँगनदेखी पदेली क्षेत्रको सडकमा हुने महोत्सवमा संघले सबै पालिकालाई पत्राचार गरे त्यहाँ रहेको स्थानिय खाना लिएर स्टलमा राख्न समेत अनुरोध गरेको छ । पालिकाले राख्ने सबै स्टल संघले निःशुल्क रुपमा उपलब्ध गराउने पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

नयाँ बर्ष मनाउने जिल्ला बाहिर जाने प्रवृत्तिको अन्त्य तथा बाहिरी जिल्लाबाट पनि नयाँ बर्ष मनाउन आउनेहरुलाई यो महोत्सवले आकर्षण दिने संघले विश्वास लिएको छ । रैथाने खानाको १५ स्टल रहने महोत्सवमा १० हजार मानिसहरुको सहभागिता रहने अनुमान गरेको संघका कार्यबाहक अध्यक्ष कृण्ण प्रसाद लामिछानेले विश्वास ब्यत्त गरे । २ दिनसम्म चल्ने महोत्सवमा विभिन्न कलाकारको प्रस्तुती हुने तथा नृत्य प्रतियोगिता समेत रहेको संघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology