गोरखा, १८ चैत । भोलीबाट सुरु हुने एसईई परीक्षको तयारी गोरखामा सम्पन्न भएको छ । भोलीदेखी १९ गते बिहीबारबाट सुरु भई चैत २९ गते सम्म चल्ने परिक्षमा जिल्लाबाट ३ हजार ७ सय ९६ जना बिधार्थीहरु सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई, गोरखाका इकाई प्रमुख विश्व प्रकास रेग्मीले जानकारी दिनुभयो ।
उनका अनुसार सबै परिक्षा केन्द्रमा प्रश्न पत्र र उत्तर पुस्तिका पुगि सकेको र आवश्यक सुरक्षा ब्यवस्था मिलाइएको छ । जिल्ला भर २३ परीक्षा केन्द्र रहेको रहेका छन् ।
इकाईले दिएको जानकारी अनुसार गोरखा नगरपालिकामा ६, भिमसेन थापा गाउँपालिकामा ३ तथा गण्डकी, शहिदलखन, सिरानचोक, बारपाक सुलिकोट, आरुघाट गाउँपालिका र पालुङटार नगरपालिकामा २(२ वटा परिक्षा केन्द्र र अजिरकोट र धार्चे गाउँपालिकामा १(१ वटा परीक्षा केन्द्र रहेको छ ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा भने परीक्षार्थीको संख्या कम भएकोले केन्द्र छैन ।
यसै बिच जिल्लाको ४ वटा बिधालयमा अध्ययन हुने प्राविधिक धारका बिधार्थीहरुको परिक्षा केन्द्र गोरखा सदरमुकामको शक्ति माविमा राखिएको इकाईले जानकारी दिएको छ । परीक्षा बिहान ८ बजेदेखी ११ बजेसम्म सञ्चालन हुने छ ।
शैक्षिक क्यालेन्डरअनुसार चैत पहिलो साता परीक्षा हुनुपर्ने हो । तर २१ फागुनको प्रतिनिधिसभा चुनावका कारण १९ चैतमा धकेलिएको हो । एसईईलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सञ्चालन गर्नका लागि बोर्डले सबैलाई आग्रह पनि गरेको छ ।