Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

धार्चे गाउँपालिका र कमल गाउँपालिका बीच असल अभ्यास सिकाई तथा अनुभव आदान–प्रदान


798
Shares

धार्चे गाउँपालिका र कमल गाउँपालिका बीच असल अभ्यास सिकाई तथा अनुभव आदान–प्रदान

गोरखा, १३ चैत । गोरखाको धार्चे गाउँपालिका र झापाको कमल गाउँपालिका बीच असल अभ्यास सिकाई तथा अनुभव आदान–प्रदान कार्यक्रम विहिबार सम्पन्न भएको छ ।

अन्तरपालिका सहकार्य, विकासका असल अभ्यास आदान–प्रदान तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

धार्चे गाउँपालिकाका प्रमुख लक्ष्मण गुरुङ सहित जनप्रतिनिधि तथा कर्मचारीहरूको टोली झापा पुगेको थियो। उक्त टोलीले कमल गाउँपालिकाले सञ्चालन गरेका विभिन्न विकास कार्यक्रम, सेवा प्रवाह प्रणाली, राजस्व संकलन, डिजिटल सेवा, कृषि तथा उद्यम विकासका कार्यक्रम लगायतका विषयमा जानकारी लिएको धार्चे गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङ ले जानकारी दिनुभयो ।

कार्यक्रम कमल गाउँपालिका सभाहल मा आयोजना गरिएको थियो । कार्यक्रममा गोरखाबाट पुगेको टोलीलाई कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने लगायत जनप्रतिनिधि तथा कर्मचारीहरूले स्वागत गरेका थिए ।

कार्यक्रममा दुवै पालिकाका जनप्रतिनिधि, कर्मचारी तथा सम्बन्धित शाखाका प्रमुखहरूको सहभागिता रहेको थियो । कार्यक्रममा दुवै पालिकाले आफूले गरेका असल अभ्यास, विकास निर्माणका योजना, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास तथा सुशासनका क्षेत्रमा अपनाइएका अभ्यासहरू प्रस्तुत गरेका थिए ।

यस्ता कार्यक्रमले पालिकाहरूबीच सहकार्य, अनुभव आदान–प्रदान तथा विकासका सफल मोडेलहरू एकअर्काबाट सिक्न सहयोग पुग्ने सहभागीहरूले बताएका छन् ।

यस्ता अन्तरपालिका अनुभव आदान–प्रदान कार्यक्रमले स्थानीय तहको सेवा प्रवाह सुधार, विकास निर्माणलाई प्रभावकारी बनाउने तथा सुशासन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology