Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाका पत्रकार उप्रेतीलाई मातृशोक


630
Shares

गोरखाका पत्रकार उप्रेतीलाई मातृशोक

गोरखा, १२ चैत । गोरखाका वरिष्ठ पत्रकार शिव उप्रेतीलाई गहिरो मातृशोक परेको छ। ९० वर्षीया उहाँकी आमा इन्द्रकुमारी उप्रेतीको बिहीबार असामयिक निधन भएको हो । विगत केही समयदेखि अस्वस्थ हुँदै आउनुभएकी इन्द्रकुमारीको अन्त्येष्टि हिन्दु परम्परा अनुसार सोही दिन रामशाह घाटमा गरिएको छ ।

शिव उप्रेती इन्द्रकुमारीका तीन छोरामध्ये कान्छा छोरा हुन् । लामो समयदेखि गोरखामा सक्रिय पत्रकारितामा संलग्न उहाँ अन्नपूर्ण पोष्ट दैनिकका गोरखा जिल्ला सम्वाददाता तथा दरौँदी दैनिकका सम्पादकको रूपमा कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology