Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले तथ्याङ्क सङ्कलन कार्य सुरु गदैे


280
Shares

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले  तथ्याङ्क सङ्कलन कार्य सुरु गदैे

गोरखा, १२ चैत । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले गरिब घरपरिवार पहिचान गरी राज्यबाट प्रदान गरिने सेवा सुविधा प्रभावकारी रूपमा वितरण गर्ने उद्देश्यले तथ्याङ्क सङ्कलन कार्य सुरु गर्ने भएको छ ।

गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका गरिब घरपरिवारको पहिचान गरी राज्यबाट उपलब्ध हुने सेवा सुविधा लक्षित वर्गसम्म पु¥याउने उद्देश्यले गरिब घरपरिवार पहिचान कार्यक्रम सञ्चालन गर्ने भएको हो । यसका लागि गाउँपालिकाले तथ्याङ्क सङ्कलन कार्य सञ्चालन गर्न गणक भर्नाको काम सुरु भएको गाउँपालिकाले जनाएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा विकास गरिएको गरिव घर परिवार व्यवस्थापन सूचना प्रणालीमार्फत गरिब घरपरिवारको विवरण सङ्कलन गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । सोही कार्यका लागि गाउँपालिकाले एक जना गणक माग गरेको हो ।

गाउँपालिकाले गरिब घरपरिवार पहिचान कार्यका लागि सङ्कलन गरिने तथ्याङ्कका आधारमा वास्तविक गरिब तथा विपन्न परिवारलाई राज्यबाट प्रदान गरिने सेवा सुविधा, सामाजिक सुरक्षा, आयआर्जन कार्यक्रम तथा अन्य सहयोग लक्षित वर्गसम्म पु¥याउन सहयोग पुग्ने विश्वास लिएको छ ।

यो कार्यक्रमले गाउँपालिकाभित्र रहेका वास्तविक गरिब तथा विपन्न परिवारको यथार्थ विवरण संकलन गरी उनीहरूको जीवनस्तर सुधारका लागि आवश्यक योजना तथा कार्यक्रम निर्माण गर्न समेत सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology