Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

वर्षाका कारण दाउन्ने सडकखण्ड पूर्ण रुपमा अवरुद्ध


1.1K
Shares

वर्षाका कारण दाउन्ने सडकखण्ड पूर्ण रुपमा अवरुद्ध

नवलपरासी पूर्व, ७ चैत । वर्षाको कारण नवलपरासी पूर्वको दाउन्ने सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । भारी वर्षाका कारण विनयी त्रिवेणी गाउँपालिका २ दाउन्ने बजारस्थित ६४ मोडमा सडक मर्मत भैरहेको स्थानमा सडक हिलो र चिप्लो हुँदा राजमार्ग अवरुद्ध भएको हो ।

शुक्रबारदेखि सवारी आवागमन प्रभावित भएको दाउन्ने खण्डमा आज बिहानदेखि परेको वर्षाका कारण राजमार्ग दुवैतर्फ अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology