Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

कृषि र पशु बीमाको लागि गोरखा र धादिङका २२ जनालाई अभिकर्ता तालिम प्रदान


1K
Shares

कृषि र पशु बीमाको लागि गोरखा र धादिङका २२ जनालाई अभिकर्ता तालिम प्रदान

गोरखा, ७ चैत । कृषि र पशु बीमाको लागि गोरखा र धादिङका २२ जनालाई अभिकर्ता गोरखामा तालिम प्रदान गरीएको छ ।

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, आयोजना क्लष्टर इकाई गोरखाको आयोजना गोरखा र धादिङका २२ जनालाई तालिम प्रदान गरिएको आयोजना प्रमुख बरिष्ठ कृषि अधिकृत होमनाथ लम्सालले जानकारी दिनुभयो ।

गोरखाको आरुघाट र शहिद लखन तथा धादिङको सिद्वलेख र गल्छी गाउँपालिकाका २२ जनालाई क्लष्टर स्तरीय कृषि तथा पशुपन्क्षी बीमा बिषयक तालिम प्रदान गरिएको उहाँले बताउनुभयो ।

आफ्नो वरपर तथा छरछिमेकमा रहेको कृषि बाली तथा पशुपन्क्षीहरुको बीमा गराउने उद्वेश्य सहित २ जिल्लाका २२ जनालाई अभिकर्ता तालिम प्रदान गरिएको छ । गोरखाको सभाहलमा चैत ४ गतेदेखी ६ गतेसम्म तालिम भएके थियो ।

सहभागिहरुलाई नेपाल बीमा प्राधिकरण प्रादेशिक कार्यायलय पोखराबाट आएका निर्देशक शम्भु प्रसाद मिश्र, लोकराज , बलराम लामिछानेले सहभागिहरुलाई किसानलको कृषि बाली तथा पशुपन्क्षीहरुको बीमा गर्दा आवश्यक पर्ने कागजपत्र, बीमा प्रकृयाका साथै क्षती हुदा गनुपर्ने कार्यहरुको बिषयमा सहजिकरण गरेका थिए ।

३ दिनसम्म चलेको तालिममा ४ पालिकाका प्राविधिकहरु, एफएओका कर्मचारीहरु तथा किसान वा किसानका एकाघरका छोराछोरीहरुलाई बीमा अभिकर्ताको तालिमा प्रदान गरिएको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, आयोजना क्लष्टर इकाई गोरखाका सूचना अधिकारी एवं कृषि अधिकृत संयम पण्डितले जानकारी दिनुभयो ।

सूचना अधिकारी पण्डितका अनुसार सहभागिहरुको केही दिनमा नै अनलाइन परिक्षा हुने र उनीहरुलाई अभिकर्ताको प्रमाण–पत्र प्रदान गरिने छ ।

गोरखा सदरमुकाममा रहेको इकाईले गोरखा र धादिङको ४ पालिकाको ३४ वडामा ५५० समूह गठन गरेर पोषण सुरक्षा सुधार कार्यक्रम गर्दै आएको छ । पहिलो ३ बर्षको लागि स्थापना गरिएको इकाई दोस्रो बर्षमा प्रवेश गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology