Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

लायन्स क्लब अफ गोरखाका अध्यक्षमा श्रेष्ठ चयन


518
Shares

लायन्स क्लब अफ गोरखाका अध्यक्षमा श्रेष्ठ चयन

गोरखा, ७ चैत । लायन्स क्लब अफ गोरखाको अध्यक्षमा शरद श्रेष्ठ सर्वसम्मत रुपमा चयन हुनुभएको छ । गोरखा सदरमुकाममा शनिबार भएको भेलाले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो ।

श्रेष्ठ अध्यक्ष रहेको समितिको निर्वतमान अध्यक्षमा अयोध्या जोशी, प्रथम उपाध्यक्षमा गोबिन्द बहादुर गुरुङ, द्वितिय उपाध्यक्षमा संजय अधिकारी, तृतिय उपाध्यक्षमा राजनराज पन्त सर्वसम्मत रुपमा चयन भएका छन् ।

शनिबार ने भएको भेलाले सचिवमा दिपक श्रेष्ठ र कोषाध्यक्षमा राजेन्द्र प्रसाद अधिकारीलाई समेत सर्वसम्मत रुपमा चयन गरेको छ ।

सोही समितिको पिआरओमा विदुर बल्लभ भट्टराई, टेल टईस्टरमा नारायण बावु अर्याल, टेमरमा कृण्ण प्यारा श्रेष्ठ तथा मेम्वरशिप चियरपर्सनमा श्रवण कुमार जोशी चयन भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार सल्लाहकारममा सुजन कुवँर, श्याम बावु श्रेष्ठ र चन्दन बावु खत्रीलाई चयन गरिएको छ । क्लबले गोरखामा आँखा अस्पताल स्थापना गरेर बर्षो देखी आँखा जाँचका साथै शल्यक्रिया सेवा दिदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology