Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको पुरानो बसपार्कदेखि खोलखोलेसम्म सडकको मापदण्डभित्र बनेका संरचना हटाउन निर्देशन


644
Shares

गोरखाको पुरानो बसपार्कदेखि खोलखोलेसम्म सडकको मापदण्डभित्र बनेका संरचना हटाउन निर्देशन

गोरखा, ७ चैत । गोरखा सदरमुकामको पुरानो बसपार्कदेखि खोेलखोलेसम्म सडक विस्तार तथा नाला–फुटपाथ निर्माणको काम अघि बढाउन सडक किनारमा रहेका अस्थायी संरचना हटाउन निर्देशन दिइएको छ ।

गोरखा नगरपालिका वडा नं ८ ले सडक विस्तारको काम तत्काल अघि बढाउनु पर्ने भएकाले तोकिएको समयभित्र टहरा, घुम्ती पसल तथा निर्माण सामग्री हटाएर स्थान खाली गर्न आग्रह गरिएको वडाध्यक्ष ऋषिराम खत्रीले जानकारी दिनुभयो ।

नगरपालिकाको आर्थिक वर्ष २०८२÷०८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत पुरानो बसपार्कदेखि खोलखोलेसम्मको सडक क्षेत्रमा नाला तथा फुटपाथ निर्माण कार्य सञ्चालन अघि बढाउन लागेको हो । अमर सिंह राजमार्ग अन्तर्गत पर्ने उक्त सडकको दायाँ–बायाँ करिब ८÷८ मिटर क्षेत्रभित्र रहेका अस्थायी संरचना हटाउनुपर्ने उहाँले बताउनुभयो ।

वडा कार्यालयले प्रतिक्षालय चोकदेखि खोलखोलेसम्म सडक किनारमा अस्थायी टहरा निर्माण गरी सञ्चालनमा रहेका ग्यारेज, घुम्ती पसल तथा निर्माण सामग्री भण्डारण गरिएका स्थानहरू हटाउन भनेको छ ।

वडा अध्यक्ष ऋषिराम खत्रीले स्थानीयलाई विकास निर्माण कार्यमा सहयोग गर्न आग्रह गर्नुभएको छ । उहाँका अनुसार निर्धारित समयसीमाभित्र संरचना नहटाइएमा प्रचलित कानुनअनुसार थप प्रक्रिया अघि बढाइने बताउनुभयो ।

नगरपालिकाले सडक व्यवस्थापन, नाला निर्माण तथा फुटपाथ विस्तारमार्फत गोरखा बजार क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउने लक्ष्य राखेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology