Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गएको ८ महिनामा करिब १ लाख नागरीकले गरे गोरखा दरबार संग्रालयको अबलोकन


728
Shares

गएको ८ महिनामा करिब १ लाख नागरीकले गरे गोरखा दरबार संग्रालयको अबलोकन

गोरखा, ५ चैत । गोरखाको ऐतिहासिक एवं गोरखा दरबार संग्रालयको अबलोकन गर्नेको संख्या करिब १ लाख पुगेको छ । साउनदेखी फागुन मसान्तसम्म ९६ हजार १०२ जनाले संग्रालयको अबलोकन गरेको संग्रालय प्रमुख जयनारायण कार्कीले जानकारी दिनुभयो ।

संग्रलाय अबलोकनका लागि देश तथा विदेशबाट आउने गरेको पनि उहाँले बताउनुभयो । उहाँका अनुसार यो आर्थिक बर्षको ९ महिनामा सबै भन्दा धेरै सर्व साधारण नेपालीले संग्रालयको अवलोकन गरेका छन् ।

संग्रालय प्रशासनले उपलब्ध गराएको तथ्याक अनुसार यो अवधिमा ५४ हजार ५५२ जना सर्व साधारण नेपाली, ३९ हजार ७३४ जना नेपाली बिधार्थी, १ हजार ७५६ जना तेस्रो देशका विदेशी नागरिक र सार्क राष्ट्रका ६० जनाले संग्रालयको अबलोन गरेका छन् ।

यो आर्थिक बर्षको साउन महिनामा ७ हजार २४७ जना, भदौमा ४ हजार ६८५ जना, असोजमा ६ हजार ११९ जना, कार्तिकमा १८ हजार ४५५ जना, मंसिरमा २६ हजार ७१० जना, पौषमा १३ हजार १९४ जना, माघमा १० हजार ८८६ जना र फागुनमा ८ हजार ८०६ जनाले संग्रालयको अबलोकन गरेका थिए ।

फागुन महिनामा ६ हजार ३७८ जना सर्व साधारण नेपालीले संग्रालयको अवलोकन गर्दा १ हजार ९९६ जना नेपाली बिधार्थी, ४१५ जना तेस्रो देशका विदेशी र १७ जना सार्क राष्ट्रका नागरिकहरुले अबलोकन गरेका थिए ।

पर्यटक तथा शैक्षिक भ्रमणको मुख्य सिजन मानिने कार्तिक, मंसिर, पौष र माघमा सबैभन्दा धेरैले संग्रालयको अबलोन गरेका थिए । अब बर्षाको सिजन लागेकोले अबलोकन गर्न आउनेको संख्यामा कमी आउने प्रमुख कार्कीले बताउनुभयो ।

संग्रालयले यो ८ महिनामा अबलोकन कर्ताबाट २० लाख ९० हजार १६० रुपैयाँ राजश्व समेत संकलन गर्न सफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology