Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

बैंकिङ कसुर मुद्दामा गोरखाका पनेरू पक्राउ


1.2K
Shares

बैंकिङ कसुर मुद्दामा गोरखाका पनेरू पक्राउ

गोरखा, ४ चैत । बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई लामो समयदेखि फरार रहेका गोरखाका सञ्जय पनेरू पक्राउ परेका छन् । काठमाडौंको वनस्थली क्षेत्रमा लुकेर बसेको अवस्थामा बुधबार प्रहरीले पक्राउ हो ।

बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानीका पनेरूलाई बुधबार बिहान विशेष सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी काठमाडौंमा लुकिछिपी बसिरहेको भन्ने जानकारी पाएपछि गोरखाबाट खटिएको प्रहरी टोली र काठमाडौंको टोलीले संयुक्त अपरेसन सञ्चालन गरेको थियो ।

प्रहरीका अनुसार पनेरूले विभिन्न बहानामा सर्वसाधारणलाई ठगी गर्दै आएको खुलेको छ । गोरखा जिल्लामा मात्रै उनी विरुद्ध बैंकिङ कसुरसम्बन्धी १० वटा मुद्दामा फैसला भइसकेको छ र ती सबैमा उनी मुख्य दोषी ठहरिएका छन् ।

जिल्ला अदालत गोरखाले विभिन्न मितिमा गरेको फैसलाअनुसार पनेरूलाई कुल १ करोड १२ लाख ५० हजार रुपैयाँभन्दा बढी जरिवाना र ३६ दिन कैद सजाय तोकिएको छ ।

उक्त सजाय कार्यान्वयनका क्रममा उनी लामो समयदेखि फरार रहँदै आएका थिए । पक्राउ परेका पनेरूलाई अब आवश्यक कानुनी प्रक्रिया पूरा गरी कैद तथा जरिवाना भुक्तानका लागि जिल्ला अदालतमा बुझाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology