Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखा र धादिङका किसानहरुलाई मेशिन मर्मत सम्वन्धि तालिम


952
Shares

गोरखा र धादिङका किसानहरुलाई मेशिन मर्मत सम्वन्धि तालिम

गोरखा,४ चैत । गोरखा र धादिङका किसानहरूलाई मेसिनहरू मर्मत सम्बन्धि तालिम प्रदान गरिएको छ । खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, क्लष्टर इकाई गोरखाले चैत १ गतेदेखि ३ दिनसम्म तालिम सञ्चालन गरेको थियो ।

यसमा ३५ जना किसानहरू सहभागी थिए । वरिष्ठ कृषि अधिकृत होमनाथ लम्सालका अनुसार तालिममा गोरखाको आरुघाट, शहीद लखन तथा धादिङको सिद्धलेक र गल्छी गाउँपालिकाका किसानहरूको सहभागिता थियो।

इकाईका सूचना अधिकारी संयम पण्डितले ’१ वडा १ किसान’ अवधारणअन्तर्गत यो तालिम दिइएको बताउनुभयो । तालिमपछि किसानहरू हाते ट्याक्टर, मिनि टेलर, थ्रेसर, मिलिङ मेसिन (मकै, चामल, गहुँ, कोदो), मकै छोडाउने मेसिन, भूषा बनाउने क्याप कटर जस्ता मेसिनहरू मर्मत गर्न सक्षम हुनेछन् ।

इकाईले ४ पालिकाका ३४ वडाका ५५० समूहलाई अनुदानमा यी मेसिनहरू उपलब्ध गराएको छ। अब मेसिन बिग्रिंदा सहरबजार जानु नपर्ने गरी स्थानीय मर्मत क्षमता विकास गरिएको पण्डितले उल्लेख गर्नुभयो। तालिममा सिटीईभिटी पोखराका आनन्द मरासिनी र मेसिन मित्री रफि मियाँले प्रयोगात्मक प्रशिक्षण दिनुभएको थियो ।

३ वर्षे आयोजनाले स्थानीय तहसँग समन्वय गरी अनुदानमा मेसिन वितरण, उन्नत बिउबिजन वितरण÷संकलन तथा दूध–तरकारी संकलन केन्द्र निर्माण गर्दै आएको छ ।

गत वर्ष १८ करोड खर्च भएको र यो वर्ष पनि सोही अनुपातमा खर्च हुने अनुमान छ । यो तालिमले किसानहरूको उत्पादकत्व र आत्मनिर्भरता बढाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology