Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखाको अजिरकोट गाउँपालिकाद्धारा पर्यटकीय क्षेत्रमा लालीगुराँस फूल टिप्न प्रतिवन्ध


413
Shares

गोरखाको अजिरकोट गाउँपालिकाद्धारा पर्यटकीय क्षेत्रमा लालीगुराँस फूल टिप्न प्रतिवन्ध

गोरखा, ३ चैत । गोरखाको अजिरकोट गाउँपालिकाले गाउँपालिका क्षेत्र भित्रका जंगलमा जथाभावी लालीगुराँसको फूल टिप्न प्रतिवन्ध गरेको छ । गाउँपालिकाले आज सार्वजनिक सूचनामार्फत सिरानडाँडा, भच्चेक र कालिका मन्दिर परिसरलगायतका क्षेत्रमा पाइने लालीगुराँसका फूलहरु जथाभावी टिप्न रोक लगाएको हो ।

ढकमक्क फुलेका लालीगुराँसका फूल टिप्ने तथा हाँगाविँगा भाँच्ने कार्यले प्राकृतिक सौन्दर्यता गुम्ने भन्दै त्यस्ता कार्य नगर्न अनुरोध गरिएको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिनुभयो ।

“पछिल्लो समय पर्यटकीय क्षेत्रहरुमा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेसँगै लालीगुराँसका फूलहरू टिप्ने, भाँच्ने क्रम बढेको पाइएको छ, गाउँपालिकाले सार्वजनिक गरेको सूचनामा भनिएको छ, “कोही कसैले त्यस्ता कार्य गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिनेछ ।”

गाउँपालिकाले स्थानीय बासिन्दा, पर्यटक तथा सरोकारवालालाई नियमको पालना गर्न आग्रह गर्दै प्राकृतिक सम्पदाको संरक्षणमा सहयोग गर्न अपिलसमेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology