गोरखा, ३० फागुन ः गोरखाको सहिद लखन गाउँपालिका–३ कान्टारमा इभी माइक्रोबस दुर्घटनामा परेर ७ जनाको मृत्यु भएको छ । मनकामना मन्दिर दर्शन गरेर फर्कर्दै गरेको बा.प्र.०१–००६ ख ८४३० नम्बरको माइक्रोबस आज राती करिव ८ बजे दुर्घटनामा परेको थियो ।
मृतकमध्ये ५ जना पुरुष र २ महिला रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरतबहादुर बि.कले जानकारी दिनुभयो । मृतक सवैको घटनास्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा ८ जना घाइते भएका छन् ।
घाइते सवैको उद्धार गरि प्राथामिक उपचारका लागि तनहुँको आँबुखैरेनी अस्पताल पठाइएकोमा थप उपचारका लागि चितवन रिफर गरिएको छ । घाइते हुनेहरुमा ३ जना पुरुष र ६ जना महिला रहेका छन् । उक्त माइक्रोमा चालकसहित १५ जना सवार थिए । माइक्रो सडकबाट झण्डै २०० मिटर तल खसेको थियो । दुर्घटनाको उद्दार कार्य सकिएको छ ।
भिरालो सडकमा ब्रेकफेल भएर गाडी दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।