Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

मनकामना दर्शन गरेर फर्किदै गरेको माइक्रो दुर्घटनामा ७ जनाको मृत्यु


651
Shares

मनकामना दर्शन गरेर फर्किदै गरेको माइक्रो दुर्घटनामा ७ जनाको मृत्यु

गोरखा, ३० फागुन । गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किदै गरेको यात्रुवाहक माइक्रोबस शनिबार राती करिब ८ बजे दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

सहिद लखन गाउँपालिका–३ कान्टारमा बा।प्र।०१–००६ ख ८४३० नम्बरको इभी माइक्रोबस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख भरतबहादुर वि।कले जानकारी दिनुभयो ।

मृतक सवै भारतीय नागरिक भएको पुष्टी भएको छ । घाइतेहरुको उद्धार गरी आँबुखैरेनी अस्पतालमा उपचारका लागि पठाइएको छ । दुर्घटनाग्रस्त माइक्रोबसमा १३ जना यात्रु सवार रहेको प्रारम्भिक जानकारी प्राप्त उहाँले बताउनुभयो ।

घाइते तथा मृतकको पहिचान हुन भने बाँकी रहेको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology