Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा अफ्रिकन स्वाइन फिभर जोखिम, किसानलाई सतर्कता अपनाउन आग्रह


931
Shares

गोरखामा अफ्रिकन स्वाइन फिभर जोखिम, किसानलाई सतर्कता अपनाउन आग्रह

 

गोरखा, ३० फागुन । गोरखा जिल्लामा अफ्रिकन स्वाइन फिभर रोगको जोखिम बढेको भन्दै किसान र व्यवसायीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

गण्डकी प्रदेशका विभिन्न जिल्लामा सुँगुर, बँगुर र बँदेलमा रोग देखिएपछि गोरखामा पनि देखिन सक्ने भन्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले किसान र व्यवसायीलाई उच्च सतर्कता अपनाउन आग्रह गरे किसान र व्यवसायीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

कार्यालयले सूचना जारी गर्दै रोग लागेका बँगुर, सुँगुर तथा बँदेलमा उच्च ज्वरो, कान–पुच्छर तथा पेट तलको छाला रातो हुने, शरीरमा निलो धब्बा, खाना नखाने जस्ता लक्ष्यण देखिनुका साथै एकैपटक धेरैको संख्यामा मृत्यु हुने हुने भएकोले आवश्यक सर्तकता अपनाउन सरोकारवालालाई आग्रह गरेको छ ।

यस्ता लक्षण देखिए तुरुन्त नजिकको पशु सेवा शाखा वा कार्यालयमा जानकारी गराउन समेत सूचनामा भनिएको छ । रोग नियन्त्रणका लागि जैविक सुरक्षा कडाइका साथ पालना गर्न, गोठ तथा फार्ममा नियमित सरसफाइ गर्न, चुन–ब्लीचिङ पाउडर वा फर्मालिनबाट निसंक्रमण, शंकास्पद पशु अलग राख्ने कार्यालयले भनेको छ ।

त्यसका साथै मरेका त्यस्ता पशुलाई गाड्ने वा जलाउने, जंगली बँदेलसँग सम्पर्क गर्न रोक्ने, संक्रमित मासु–दानाको ओसारपसारा नगर्न भनिएको छ । कार्यालयले जारी गरेको सूचनामा स्वास्थ्य प्रमाणपत्रबिनाको ओसारपसारा नगर्न र होटलको फोहोर राम्रोसँग पकाएर मात्र खुवाउन भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology