Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखामा भरी ग्यास सिलिन्डर लिनेको भिड


756
Shares

गोरखामा भरी ग्यास सिलिन्डर लिनेको भिड

गोरखा , २९ फागुन । आजदेखि खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने भएपछी भरी सिलिण्डर लिनेको गोरखा बजारमा भिड लागेको छ । नेपाल आयल निगमले आज शुक्रबारदेखी ग्यास सिलिण्डरमा मात्र बितरण गर्ने भएपछी भरी सिलिणडर लिनेको भिड लागेको हो ।

भरी ग्यासको भएको सिलिण्डर लिएर ग्यास डिपो अगाडी आएपछी ग्याग लिनेको भिड लागेको थोक बिक्रेता हरी श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार बिहान १ गाडी भरी सिलिण्डर भएको सवारी आएलगत्तै उपभोत्ताको भिड लागेको बताउनुभयो । निगमले आजदेखी ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर ९५५ रुपैयाँमा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।

आयल निगमले नियमित रुपमा माग अनुरूप नै एलपी ग्यासको आयात तथा वितरण गरिरहेको भए पनि विगत २(३ महिनादेखि ग्यासको माग उच्च देखिएको र अहिले मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी रूपमा असर परिरहेको जनाएको छ ।

निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग गर्न र ग्यासको सट्टा बिजुलीको खपत बढाउन आग्रह पनि गरेको छ । निगमले मासिक एक सिलिन्डर खपत हुने अवस्थामा अरु सिलिन्डर नभर्न, अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology