गोरखा, २६ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्र्तगत गोरखा क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कबिन्द्र बुर्लाकोटी विजयी हुनुभएको छ ।
भर्खरै सम्पन्न मतगणना अनुसार बुर्लाकोटीले २६ हजार ६६० मत प्राप्त गर्दै विजयी हुनुभएको निर्वाचन अधिकृत मोहनप्रसाद बेल्वासेले जानकारी दिनुभयो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार प्रकाशचन्द्र दुवाडीले ११ हजार ७०० मत प्राप्त गर्नुभएको छ । रास्वपाका बुर्लाकोटीले काँग्रेसका ढुवाडीलाई १४ हजार ९६० मत पछाडी पार्नुभएको हो । नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेले ११ हजार ७३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत बेल्वासेले बताउनुभयो ।
त्यसैगरी नेकपा एमाले्का उम्मेदवार मिलन गुरुङले ३ हजार ८७ मत प्राप्त गर्नुभएको छ । कुल १ लाख ५५ हजार ५३३ मतदाता रहेको यस निर्वाचन क्षेत्रमा ५७ हजार १५६ मत खसेको थियो । खसेको मध्ये ५४ हजार १४७ मत सदर र ३ हजार ९ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।