गोरखा, २६ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका १० जनाको जमानत जफत भएको छ । निर्वाचन ऐन अनुसार कूल सदर मतको १० प्रतिशत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ ।
गत बिहीबार सम्पन्न निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ मा २ स्वतन्त्रसहित ११ वटा पार्टीका कुल १३ जना उम्मेदवारले उम्मेदवारी दिएकोमा २ स्वतन्त्र र ८ पार्टी सहित १० जनाको जमानत जफत हुने देखिएको निर्वाचन अधिकृत मोहन प्रसाद बेल्वासले जानकारी दिनुभयो ।
जमानत जफत हुनेमा नेपाल कम्यूनिष्ट पार्टी एकीकृत माक्र्सबादी लेनिनबादी अर्थात एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, मंगोल नेशनल अर्गनाइजेन, नेशनल रिपब्लिक नेपाल, नेपाल कम्यूनिष्ट पार्टी माओबादी, उज्यालो नेपाल, आम जनता पार्टी र २ स्वतन्त्र रहेका छन् ।
जमानत जोगाउन नसक्नेहरुमा नेपाल कम्यूनिष्ट पार्टी ९एकीकृत माक्र्सबादी लेनिनबादी० अर्थात एमाले चुनाव चिन्ह सुर्यका मिलन गुरुङले ३ हजार ८७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका चुनाव चिन्ह हलोका कुल बहादुर बस्नेतले २९२ मत, नेपाल मजदुर किसान पार्टी चुनाव चिन्ह मादलका राम शरण बुढाथोकीले ३० मत र मंगोल नेशनल अर्गनाइजेन चुनाव चिन्ह कुखुराको भालेका सोम बहादुर गुरुङले २९० मत प्राप्त गरेका छन् ।
त्यस्तैगरी, नेशनल रिपब्लिक नेपाल चुनाव चिन्ह उडीरहेको माहुँरीका प्रसद गुरुङले १११ मत, नेपाल कम्यूनिष्ट पार्टी ९माओबादी० चुनाव चिन्ह गोलो घेराभित्र दुई पात भएको गुलाफको फुलका टेक बहादुर प्रधानले १३० मत, उज्यालो नेपाल चुनाव चिन्ह बलिरहेको बिजुलीको चिमका बलराम तामाङले ६३९ मत, आम जनता पार्टी चुनाव चिन्ह मोबाइलका कल्पना कुमालले ४१ मत र २ स्वतन्त्र मध्य चुनाव चिन्ह सारङ्गी भएका चुडा प्रसाद ढकालले ८० मत र चुनाव चिन्ह मुसो भएका हरि पोखरेलले १४ मत प्राप्त गरेहेका छन् ।
उनीहरु सबैका जमान जफत हुने गोरखा क्षेत्र नम्बर २ को निर्वाचन कार्यालयका निर्वाचन अधिकृत बेल्वासेले बताउनुभयो । जमानत जोगाउन यस क्षेत्रका उम्मेदवारले कम्तीमा ५ हजार ४१५ मत प्राप्त गर्नुपर्ने थियो ।