Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

अझै तीन दिन बादल लाग्ने, हल्का वर्षाको सम्भावना


847
Shares

अझै तीन दिन बादल लाग्ने, हल्का वर्षाको सम्भावना

 

काठमाडौँ, २४ फागुन । देशको विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज बागमती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताउनुभयो।

हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। “यस प्रणालीका कारण केही दिन देशको पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ” मौसमविद् लामिछानेले भन्नुभयो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली हुने छ भने अन्य क्षेत्रमा आंशिक बदली हुने छ । कोशी र गण्डकी प्रदेशको केही पहाडी तथा हिमाली क्षेत्रमा तथा बागमती प्रदेशका एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षा वा हिमपात हुने पूर्वानुमान छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology