Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

चितवन-३ मा रास्वपाकी गौतम विजयी


658
Shares

चितवन-३ मा रास्वपाकी गौतम विजयी

चितवन, २३ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सोविता गौतम विजयी हुनुभएको छ । उहाँले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

सो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका रेनु दाहालले २० हजार ६१५, नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले आठ हजार ३४४ र नेकपा ९एमाले०का शङ्करराज थपलियाले पाँच हजार चार मत प्राप्त गर्नुभयो । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक थापामगरले एक हजार २२६ मत प्राप्त गर्नुभयो ।

यस क्षेत्रमा कूल एक लाख ५५ हजार २१२ मतदाता रहेकामा एक लाख ३३ मत खसेको थियो । जसमध्ये तीन हजार ३७५ मत बदर भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology