Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

उत्तरी गोरखाका ७ वटा केन्दको मतपेटिका हेलिकप्टरबाट सदरमुकाम ल्याइयो


756
Shares

उत्तरी गोरखाका ७ वटा केन्दको मतपेटिका हेलिकप्टरबाट सदरमुकाम ल्याइयो

गोरखा, २२ फागुन । प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर १ अन्र्तगत पर्ने उत्तरी गोरखाको ७ वटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट सदरमुकाम ल्याइएको छ ।

नेपाली सेनाको हेलिकप्टरबाट आज दिउँसो राजनीतिक दलका प्रतिनिधिसहितको टोलीले मतपेटिका सदरमुकाम ल्याइएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार छेकम्पारको झोङ, छुलेनिले, लार र चुम्चेतको किम्चेत चुम्लिङ चुम्चेत र खारको मतपेटिका सदरमुकाम आइपुगेको हो । बाँकी रहेका १७ मतदान केन्द्रको मतपेटिका पनि आज नै हेलिकप्टरबाट सदरमुकाम ल्याएर मतगठना सुरु गरिने सहायक प्रजिअ शर्माले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology