Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा क्षेत्र नम्बर – २ मा मतगणना शुरु गर्ने तयारी, क्षेत्र नम्बर १ को मतपेटिका ल्याउन बाँकी


588
Shares

गोरखा  क्षेत्र नम्बर – २ मा मतगणना शुरु गर्ने तयारी, क्षेत्र नम्बर १ को मतपेटिका ल्याउन बाँकी

गोरखा २२ फागुन । हिजोसम्पन्न भएको गोरखा क्षेत्र नम्बर २ को मतगणना शुरु गर्ने तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय गोरखामा केही बेर अगाडी भएको सर्ब दलिय बैठकले मतगणना गर्ने निर्णय गरेसंगै मतगणनाको तयारी गरिएको निर्वाचन अधिकृत मोहन प्रसाद बेल्वासेले जानकारी दिनुभयो ।

उहाँका अनुसार सबै दलसंग भएको सहमती अनुसार अबको केही बेरमा नै मतगणना शुरु हुने छ ।

क्षेत्र नम्बर २ को सबै मतपेटीका बिहानसम्म संकलन भइसकेकोले सर्व दलिय बैठक राखेर मतगणनाकोलागि निर्णय गरिएको हो ।

गोरखा नगरपालिका–८ को साबिक डिभिजन बन कार्यालय रहेको भवनमा कार्यालय स्थापना गरिएको र सोही स्थानमा नै मतगणना शुरु हुने पनि अधिकृत बेल्वासेले बताउनुभयो ।

उत्तरी गोरखाको मतपेटी अहिलेसम्म आउन सकेको छैन । राजधानीमा मौसममा आएको परिवर्तनका कारण हेलीकप्टरले उडान भर्न नसक्दा मतपेटी ढुवानीमा समस्या आए पछि मत गणनामा ढिलाई आएको प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाली सेनाको हेलि मार्फत उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा भएको मतपेटीका ल्याउने ब्यवस्था मिलाएको उहाँको भनाई छ ।

राजधानीमा मौसम सफा हुनासाथ उडान भर्ने र उत्तरी गोरखाको ४ विभिन्न स्थानमा रहेको मतपेटीका सदरमुकाम ल्याइने भएको छ । गोरखा क्षेत्र नम्बर १ मा पर्ने उक्त स्थानको मतपेटीका ल्याउन नपाउदा मतगणनामा ढिलाइ भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology