गोरखा, २२ फागुन । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका बिभिन्न २३ वटा मतदान केन्द्रका मतपेटिका आज गोरखा सदरमुकाम ल्याइदै छ ।
भौगोलिक विकटताका कारण सडक सञ्जाल नपुगेका मतदान केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत सदरमुकाम ल्याउन लागिएको प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
हेलिकप्टरमार्फत आज बिहान ल्याउन लागिएको मतपेटिका हिजो सुरक्षाकर्मीको सुरक्षामा रहेको उहाँको भनाई छ । मतपेटिका ल्याउनका लागि जिल्ला प्रसासन कार्यालयले आवश्यक पहल गरिसकेको उहाँले बताउनुभयो ।