Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखामा ४९.६४ प्रतिसत मत खस्यो


1.4K
Shares

गोरखामा ४९.६४ प्रतिसत मत खस्यो

गोरखा, २१ फागुन : गोरखा जिल्लामा भर्खरै सम्पन्न निर्वाचनमा ४९.६४ प्रतिसत मत खसेको छ । कुल २ लाख २९ हजार ५८ मतदाता रहेको यहाँ १ लाख १३ हजार ७२५ मत खसेको निर्वाचन कार्यालय सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिनुभयो । खसेको मतमध्ये ५८ हजार ५६२ महिला मतदाताले मतदान गरेका छन् । त्यस्तै ५५ हजार १६३ पुरुष मतदाताले मतदान गरेको प्रारम्भिक तथ्याङक रहेको उहाँले बताउनुभयो ।

मतदान सम्पन्न भएसंगै दुवै निर्वाचन क्षेत्रको मतपेटिका संकलन गरेर सदरमुकाम ल्याउन थालिएको मुख्य निर्वाचन अधिकृत बिष्णुप्रसाद गौतमले जानकारी दिनुभयो । ‘‘गोरखाका दुईवटै निर्वाचन क्षेत्रबाट मतपेटिका सदरमुकाम आइपुग्न सुरुभएको छ, उहाँले भन्नुभयो, ‘‘क्षेत्र नम्बर १ अन्र्तगत सडक सञ्जाल नजोडिएका चुमनुब्री गाउँपालिका २३ वटा मतदान केन्द्रवाहेकका अन्य मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम ल्याउन हो ।’’

क्षेत्र नम्बर १ अन्र्तगत गोरखा नगरपालिकाका वडाहरुबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालय आइपुगेको उहाँको भनाई छ । यस क्षेत्रमा चुमनुब्री गाउँपालिका, धार्चे, आरुघाट, भीमसेन थापा, सहिद लखन, गण्डकी गाउँपालिका र गोरखा नगरपालिकाका वडा नम्बर १देखि ७ नम्बरसम्म वडा पर्दछ । त्यस्तै क्षेत्र नम्बर २ सवै सवै मतदान केन्द्रको मतपेटिका पनि सदरमुकाम ल्याउन सुरु गरिएको उहाँले बताउनुभयो ।

क्षेत्र नम्बर २ अन्र्तगत गोरखा नगरपालिका भित्रका मतदान केन्द्रका मतपेटिका निर्वाचन कार्यालयमा आइपुगेको मुख्य निर्वाचन अधिकृत गौतमले बताउनुभयो । यस क्षेत्रमा पालुङटार नगरपालिका, बारपाक सुलिकोट गाउँपालिका, अजिरकोट गाउँपालिका, सिरानचोक गाउँपालिका र गोरखा नगरपालिकाको वडा नम्बर ८ देखि १४ सम्मका वडा पर्दछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology