Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न : ५० प्रतिशत भन्दा बढि मत खसेको अनुमान


1K
Shares

गोरखामा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न : ५० प्रतिशत भन्दा बढि मत खसेको अनुमान

 

गोरखा, २१ फागुन । गोरखाको सबै मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको छ । बिहान ७ बजेदेखी शुरु भएको मतदान साँझ ५ बजेसम्म ५० प्रतिशत मत भन्दा केही बढी सकेको अनुमान प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार उत्तरी गोरखाको सबै मतदान केन्द्रमा खसेको मतको संख्याको बिवरण सकलन भइरहेकोले केही बेरमा पूर्ण बिवरण प्राप्त हुने पनि बताउनुभयो ।

दिउँसो ३ बजेसम्म ४८ प्रतिशत खसेको मतको आधारलाई मान्दा ५० प्रतिशतबाट केही माथी हुन सक्ने पनि प्रजि श्रेष्ठको भनाई छ ।

जिल्लाको २ निर्वाचन क्षेत्र मध्य क्षेत्र नम्बर १ मा १ लाख २० हजार ५२५ मतदाता र क्षेत्र नम्बर २ मा १ लाख ८ हजार ५३३ जना गरी कुल २ लाख २९ हजार ५८ जना मतदाता रहेका छन् ।

जिल्ला भर कुल ३३३ स्थानमा रहेको मतदान केन्द्र मध्य क्षेत्र नम्बर १ मा १८१ र क्षेत्र नम्बर २ मा १५० मतदान केन्द्र र कर्मचारी तथा कारगारमा गरी २ अस्थायी मतदान केन्द्र रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology