Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

प्रतिनिधिसभा सदस्य निर्वाचनः राष्ट्रपति र उपराष्ट्रपति मतदानमा सहभागी हुनुभएन


525
Shares

प्रतिनिधिसभा सदस्य निर्वाचनः राष्ट्रपति र उपराष्ट्रपति मतदानमा सहभागी हुनुभएन

 

काठमाडौँ, २१ फागुन । राष्ट्रपति र उपराष्ट्रपति प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आजको मतदानमा सहभागी हुनुभएन ।

संविधानका संरक्षकका रूपमा तटस्थता कायम गर्दै उहाँहरुले मतदान नगर्नुभएको बताइएको छ । राष्ट्रपति रामचन्द्र पौडेल संविधानको संरक्षक र राष्ट्रकै अभिभावक भएकाले मतदानमा सहभागी नहुने निर्णय गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

राष्ट्रपति पौडेलले यसअघिका गृह जिल्ला तनहुँ, व्यास नगरपालिकास्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गर्दै आउनुभएको थियो ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवले संवैधानिक तटस्थताका कारण मतदान प्रक्रियामा सहभागी नहुनु भएको प्रेस सल्लाहकार दिनेश यादवले जानकारी दिनुभयो ।

उहाँले यसअघिका निर्वाचनमा बाराको बसबरीयास्थित मतदान केन्द्रबाट मतदान गर्दै आउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology