Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेकपाको ‘लाल किल्ला’ मानिएको धार्चेको रुन्चेतमा बिभिन्न पार्टीबाट २० जना नेकपामा प्रवेश


1.3K
Shares

नेकपाको ‘लाल किल्ला’ मानिएको धार्चेको रुन्चेतमा बिभिन्न पार्टीबाट २० जना नेकपामा प्रवेश

 

गोरखा १८ फागुन । नेपाली कम्युनिष्ट पार्टी नेकपाको लाल किल्लाको रुपमा चिनिने उत्तरी गोरखाको धार्चे गाउँपालिका स्थित वडा नम्बर २ रुन्चेतमा बिभिन्न दलबाट २० जना नेकपामा प्रवेश गरेका छन् ।

फागुन २१ गते हुन लागेको निर्वाचन नजिकिदै गर्दा रुन्चेतमा आयोजित मतदाता तथा जनभेट कार्यक्रममा बिभिन्न राजनीतिक दलका नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन् । वडा भित्र चुनावी अभियान अन्तर्गत घरदैलो कार्यक्रम भव्यताका साथ सम्पन्न भएको नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य छमबहादुर गुरुङले जानकारी दिनुभयो ।

नवप्रवेशीहरुलाई पार्टीका नेताहरु छमबहादुर गुरुङ, प्रदेश समितिका सदस्य लक्ष्मण गुरुङलगायतले स्वागत गर्दै जनताको चाहना, स्थायित्व र विकासप्रतिको विश्वास नेकपामा केन्द्रित भएको जनाएको छ ।कार्यक्रममा पार्टीका स्थानीय नेता–कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको जनाइएको छ।

घरदैलोका क्रममा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीका एजेन्डा, विकासका योजना र समृद्ध धार्चे निर्माणको प्रतिबद्धता सहभागीले गरेका थिए । पछिल्लो समय सामाजिक सञ्जाल र केही अनौपचारिक माध्यममार्फत फैलाइएको उक्त हल्लाहरु असत्य र भ्रामक प्रचार भएको उहाँको भनाई छ ।

उहाँका अनुसार विगतमा रुन्चेतमा करिब ७० प्रतिशत नेकपाका समर्थन रहेको क्षेत्रमा अहिले पार्टीप्रतिको आकर्षण बढेर झण्डै ९० प्रतिशत पुगेको नेताहरुको दाबी गरिएको छ। “रुन्चेत नेकपाको बलियो आधार क्षेत्र हो, यहाँ लाल किल्ला भत्किने कुरा कल्पना बाहिरको विषय हो,” उहाँले भन्नुभयो । आगामी निर्वाचनमा रुन्चेतले यसअघि भन्दा अझ ठूलो मतान्तरले नेकपा अगाडी रहने नेताहरुको दावी ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology