Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

युएइमा ज्यान गुमाउने युवक गोरखाको भएको पुष्टी


10.3K
Shares

युएइमा ज्यान गुमाउने युवक गोरखाको भएको पुष्टी

 

गोरखा, १८ फागुन । संयुक्त अरब इमिरेट्सस्थित अबुधाबीमा ड्रोन निष्क्रिय पार्ने क्रममा ज्यान गुमाउने युवक गोरखाको भएको पुष्टी भएको छ ।

मुत्यु हुनेमा गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ स्थित बोर्लाङ ठाँटीका छोरा २९ बर्षका दिवस श्रेष्ठ भएको पुष्टी भएको वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाली राजदूताबास अबुधाबीले पनि मृत्यु हुने युवा गोरखाका भएको पुष्टी गरेको छ । श्रेष्ठ अबुधाबीस्थित मिडिल इष्ट कम्पनीमा सेक्युरिटी गार्डको रुपमा काम गर्दै आउनुभएको थियो ।

दुतावासले आज जारी गरेको जारी गरेको समवेदना पत्रमा विमानस्थलमा ड्रोन निस्कृय पार्नेक्रममा भएको घटनामा परेर मृत्यु भएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology