Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

उमेद्वार खत्री बिरुद्ध फेक रेस्क्यु प्रकरणका छानविन शिर्षकको समाचारप्रति काग्रेस गोरखाको आपत्ती


658
Shares

उमेद्वार खत्री बिरुद्ध फेक रेस्क्यु प्रकरणका छानविन शिर्षकको समाचारप्रति काग्रेस गोरखाको आपत्ती

 

गोरखा, १७ फागुन । नेपाली कांग्रेस गोरखाले क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार प्रेम बहादुर खत्रीको नाम जोडेर केही अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर आपत्ति जनाएको छ । जिल्ला कार्यसमिति, गोरखाद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त समाचारहरू कपोलकल्पित, आधारहीन तथा भ्रमपूर्ण रहेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा अनलाइन माध्यमबाट “एस डि हिमालयका सञ्चालक प्रेमबहादुर खत्रीमाथि फेक रेस्क्यु प्रकरणमा छानबिन सुरु” शीर्षकमा समाचार प्रकाशित गरिएको प्रति काग्रेस गोरखाले आपत्ती जनाएको छ । नेपाली कांग्रेस गोरखाले उक्त समाचार पूर्णतः असत्य र नियोजित रूपमा प्रकाशित गरिएको दाबी गरेको छ ।

यहीँ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले प्रचार–प्रसार गरिएको पार्टीका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा सञ्चार माध्यममा आएका यस्ता समाचारले उम्मेदवारको प्रतिष्ठामा आँच पु¥याउने, चरित्रहत्या गर्ने तथा मतदातालाई भ्रमित पार्ने नियतले सार्वजनिक काग्रेस गोरखाको दावी छ । पार्टीले यस्ता गतिविधि निर्वाचन आचारसंहिता २०८२ र पत्रकार आचारसंहिताविपरीत भएको ठहर गर्दै गम्भीर आपत्ति प्रकट गरेको छ ।

साथै, यस्ता कार्यमा संलग्न पक्षविरुद्ध प्रचलित कानुनबमोजिम कानुनी कारबाही गर्न माग गरिएको छ । नेपाली कांग्रेस गोरखाले गोरखा क्षेत्र नं. १ का सम्पूर्ण मतदातालाई कुनै पनि भ्रामक प्रचारप्रसारबाट प्रभावित नहुन आग्रह गरेको छ ।

जिल्ला सभापति न्यौपानेद्वारा हस्ताक्षरित विज्ञप्तिमा निष्पक्ष र स्वच्छ निर्वाचनका लागि सबै राजनीतिक दल, सञ्चारमाध्यम तथा सरोकारवालाले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology