गोरखा, १५ फागुन । गोरखाको बारपाकमा केही बेर अगाडी भएको जिप दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिप चाकल भएता पनि नाम भने खुल्न सकेको छैन ।
काठमाडौंबाट बारपाकको कालिका हाइड्रो पावरको सामान लिएर गएको बा २० च ८२१० नम्बरको जिप शुक्रबार बिहान १२स्३० बजे दुर्घटनामा परेको हो ।
सुपर दरौदी हाइड्रो पावरको ईन्टेक नजिकै जिप दुर्घटना भएको बारपाक सुलिकोटका रिजन बिकले जानकारी दिनुभयो ।
जौबारीको प्रहरी टोली घटना स्थल पुग्न लागेकोले विस्तृत विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक भरतबहादुर बिकले जानकारी दिनुभयो ।
प्राप्त विवरण अनुसार उक्त जिपमा कालिका हाइड्रो पावरको सामान भएको बुझिएको प्रहरीले जनाएको छ ।