Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने


1K
Shares

निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौँ, १३ फागुन । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुलुकभर तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृहमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले आ ज आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्को पछिल्लो बैठकका निर्णयहरू सार्वजनिक गर्दै फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय भएको बताउनुभयो ।

उहाँका अनुसार निर्वाचनको क्रममा घाइते हुने सुरक्षाकर्मी र निर्वाचन प्रहरीको उपचार खर्च नेपाल सरकारले बेहोर्ने तथा सो अवधिमा मृत्यु भएमा आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराइने निर्णय भएको छ ।

प्रवक्ता अर्यालले बैठकले १६ औँ योजना कार्यान्वयन कार्ययोजना ९२०८१र८२–२०८५र८६० स्वीकृत गर्ने निर्णय गरेको उल्लेख गर्नुभयो ।

यस्तै, सरकारले विक्रम संवत् २०८३ सालका लागि वैशाख १ देखि चैत मसान्तसम्म दिइने सार्वजनिक बिदा निर्धारण गरेको प्रवक्ता अर्यालले चर्चा गर्नुभयो ।

बैठकले चीन सरकारबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्राप्त हुने चार मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

बैठकले उर्जा क्षेत्रमा बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गरेको छ ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गत केरावारी–न्यू मर्स्याङ्दी, माथिल्लो जुनवेशीखोला र सेती खोला जलविद्युत् आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न र रुख हटाउन स्वीकृति दिने निर्णय भएको प्रवक्ताले उल्लेख गर्नुभयो ।

प्रवक्ता अर्यालले बैठकले ुजेनजी परिषद्ु गठन गर्ने र नेपाल सरकारका सचिवद्वय डा। रामप्रसाद घिमिरे र डा। हरिप्रसाद लम्साललाई अनिवार्य अवकाशको जानकारी दिँदै धन्यवाद दिने निर्णय गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology