गोरखा, १३ फागुन । गोरखाकी एक बालिकाको चट्याङमा परी मृत्यु भएको छ । २ जना घाईते भएका छन् । हिजो धादिङमा परेको चट्याङ लागेर गोरखा घर भएका १ जनाको मृत्यु भएको छ भने,सोही घटनामा परेर गोरखाका अन्य २ जना घाईते भएका छन् । चट्याङमा परेर ज्यान गुमाउनेमा शहिदलन गाउँपालिका–८ बुंकोटका अन्दाजी १२ बर्षका दिलिशा घर्ती मगर भएको आरुघाट आधारभूत अस्पताालाले जनाएको छ ।
मंगलबार दिउसो ४ बजेको समयमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मुलपानीको सुर्सानीटारमा परेको चट्याङ लागेर दिलिसा गंभिर घाईते भएकी थिइन । उनको उपचारकै क्रममा आरुघाट आधारभूत अस्पताालामा ज्यान गएको हो ।
सोही घटनामा बुंकोटका १३ बर्षिया दिक्षा घर्ती मगर र भिमसेन थापा गाउँपालिका–६ का, २४ बर्षका बिरेन्द्र थापा मगर घाईते भएका छन् । घाईतेको थप उपचारको लागी उपचारकोलागि काठमाडौं पठाईएको छ ।