Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा निर्वाचन आचारसंहिताविपरीत टाँसिएका प्रचार सामग्री हटाइयो


560
Shares

गोरखामा निर्वाचन आचारसंहिताविपरीत टाँसिएका प्रचार सामग्री हटाइयो

गोरखा, १० फागुन । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा आचारसंहिताविपरीत टाँसिएका प्रचार सामग्री हटाइएका छन् । जिल्ला प्रशासन कार्यालय गोरखाले जिल्ला भित्रका ११ वटै स्थानीय क्षेत्रभित्र विभिन्न उम्मेदवारले जथाभावी टाँसेका पर्चा, पम्पलेट, ब्यानर र पोस्टर हटाएको जनाएको हो । प्रशासनका अनुसार सार्वजनिकस्थल, विद्युत्का पोल, सरकारी भवन तथा सडक छेउछाउमा आचारसंहिताविपरीत टाँसिएका सामग्री हटाइएको हो ।

निर्वाचन आचारसंहितालाई प्रभावकारी बनाउन प्रशासनलेउम्मेदवार तथा राजनीतिक दललाई मैखिक रुपमा नियमविपरीतका प्रचार सामग्री आफैँ हटाउन निर्देशन दिईएको थियो । उहाँहरु आफैले हटाएको जिल्ला प्रशासन कार्यलय गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रशाद शार्मले बताउनुभयो ।

विभिन्न स्थानमा जथाभावी टाँसिएका प्रचार सामग्रीले सहरको सौन्दर्यमा असर परेको र निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नलाई कारबाही गर्ने जिल्ला प्रशासन कार्यलय गोरखाले जनाएको छ । यहाँ विशेष गरी मुख्य बजार क्षेत्र, चोक, सार्वजनिक भित्ताहरू र सरकारी संरचनामा आचारसंहिताविपरीत सामग्री टाँस्ने गरिएको छ ।

साहायक प्रमुख जिल्ला अधिकारी शार्मले आफ्नो पार्टी र उम्मेदवारको प्रचारप्रसार गर्दा आचारसंहिताको पालना गर्न आग्रह गर्नुभएको छ । “नियमविपरीत सामग्री टाँसिए तत्काल हटाइने छ । अटेर गरेमा सम्बन्धित उम्मेदवार तथा दललाई आवश्यक कारबाही गर्ने अवस्था आउँछ”, उहाँले भन्नुभयो,“चुनावी वातावरण स्वच्छ, मर्यादित र व्यवस्थित बनाउन आचारसंहिताको कडाइका साथ कार्यान्वयन गर्छौं । यसको पालनाका लागि सबैलाई आग्रह छ ।”

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology