गोरखा, ९ फागुन । गोरखामा दिउसो सबले ठक्कर खाएकी १ जना बृद्धाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुने बृद्धा गोरखा नगरपालिका–१२ को दशकिलोका ९५ बर्षिया सुनमायाँ लामा भएको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको हो ।
शनिबार दिउसो १ः३० गोरखा नगरपालिका–१२ को दशकिलोमा काठडमाडौंदेखी गोरखाको बोर्लाङ तर्फ जादै गरेको ना ५ ख ५०३० नम्बरको यात्रु बाहक बसले ठक्कर दिदाँ लामा गंभिर घाईते भएकी थिइन ।
घटना लगत्तै घाईते लामालाई प्रदेश अस्पताल गोरखामा उपचार गराइएकोमा उनको दिउसो २ः४५ बजे उपचारकै क्रममा चिकित्सकहरुले मृत्त घोषित गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक भरत बहादुर बिकले जानकारी दिनुभयो ।
उहाँका अनुसार लामालाई ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको गोरखा प्रहरीले जनाएको छ ।